पाकेको फर्सी खानुका यति धेरै फाईदा, जानी राखौँ ! — OSNepal

पाकेको फर्सी खानुका यति धेरै फाईदा, जानी राखौँ !

LC (KTM) December 06, 2021 0

काठमाडौ-फर्सी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो एउटा रहरे तरकाली हो । फर्सी प्राय जसो गाँउ घरमा पाइने गर्दछ ।

तरकारीको रुपमा प्रयोग हुने विभिन्न तरकारीहरु मध्ये फर्सी पनि एक निकै उपयोगी तरकारी हो । फर्सी स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाजनक मानिन्र्छ। फर्सीमा भिटामिनको मात्रा निकै बढी पाईन्छ भने अन्य पौसष्टक पदार्थ पनि उत्तिकै पाइन्छ । यसको सेनि गर्दा विभिन्न किसिमका फाइदाहरु हुन्छन् । फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ ।पहेलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ ।

यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ। फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ्र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर