कांग्रेस उदार पार्टी भएकाले जनतालाई दु:ख दिएर एमालेले जस्तो महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा — OSNepal

कांग्रेस उदार पार्टी भएकाले जनतालाई दु:ख दिएर एमालेले जस्तो महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कसैलाई दुख नदिने भन्दै शक्ति प्रदर्शन नगर्ने भएको छ ।

प्रधानन्मत्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले कोभिडको नयाँ संक्रमणको जोमिख मोलेर जनतलाई दुख नदिई महाधिवेशन सम्पन्न गर्ने बताएका छन् ।

सोमबार बालुवाटारमा पत्रकारहरुसँग बोल्दै देउवाले यो एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा नभई कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताएका छन् ।

‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन। अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन । कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ।’ देउवालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर