म फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु : देउवा — OSNepal

म फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु : देउवा

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनाव सम्म मात्र सत्तागठवन्धन रहने खुलासा गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुाटारमा सञ्चारमाध्यसँग बोल्दै राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका खुलासा गरेका हुन् ।

उनले भने, ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलने भनेर छलफल भएको छैन।’ साथै देउवाले आफु विधानबामोजिम एक पटक सभापति बन्न सक्ने समेत बताएका छन् ।

मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्न्री देउवाले अघि भने , ‘मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस् ।’

राष्ट्रिय सभामा २० सदस्यको पदावधि यहि फागुन २० गते सकिने भएकोले निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर