खतरनाक मानिने रोग सतो दुबिको यसरी गर्न सकिन्छ उपचार — OSNepal

खतरनाक मानिने रोग सतो दुबिको यसरी गर्न सकिन्छ उपचार

LC (KTM) December 06, 2021 0

काठमाडौ- कतिपय मानिसहरु छालामा सेतो दुबि आएर हैरान पर्नु भएको छ । धेरै व्यक्तिहरुले यसको उपचार छैन होला भनेर वाक्क पर्नु भएको होला पक्कै पनि । सेतो दुबि आफ्ैमा रोग होईन यो त छालामा देखिने एक प्रकारको बिकार हो । सेतो दागको रूपमा देखिने उक्त दुबीलाई चिकित्सकीय भाषामा ल्युकोडर्मा भनिन्छ । कालो र गहुँगोरो छाला भएका मानिस बस्ने अफ्रिकी तथा एसियाली देशमा यस्तो समस्या बढी हुने गरेको पाइन्छ ।

सेतो दुबीले स्वास्थ्यमा अन्य कुनै असर भने गर्दैन । सेतो दुबि निस्कने विभिन्न कारण रहेका हुन्छन् । छालामा सेतो दुबी देखिनुका दुई कारण छन्, जन्मजात र बाह्य । कतिपय अवस्थामा बच्चा जन्मेदेखि नै कुनै अंगमा मिलेनिन इन्जाइम उत्पादन नै हुँदैन । यो जुनसुकै अंगमा पनि हुन सक्छ । तर, शरीरमा के कारणले इन्जाइम उत्पादन हुँदैन भन्ने अझैसम्म कुनै कारण पत्ता लागेको छैन । ज्यादै थोरै मानिसमा वंशाणुगत गुणका कारण सोतो दुबी देखिने गरेको छ ।

कतिपय समाजमा सेतो दुबीलाई कुष्ठरोगको संज्ञासमेत दिइने गरिन्छ ।सेतो दुबीको उपचार सम्भव छ । यसको अवस्था हेरेर मल्हम लगाउन सकिन्छ । फोटोथेरापीबाट पनि सेतो दुबीको उपचार गर्न सकिन्छ । अल्ट्राभाइलेट रेको माध्यमले प्रभावित ठाउँमा सेक्ने गरिन्छ । त्यस्तै, ल्याबमा राखेर नयाँ कोषहरू निर्माण गर्न सकिन्छ । तर, यो सेवा सबै स्वास्थ्य संस्थामा उपलब्ध हुँदैन । औषधि सेवन गरेरसमेत सेतो दुबीको उपचार हुन्छ । साथै, अवस्था हेरेर शल्यक्रियामार्फत पनि यसको उपचार सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर