टी–ट्वान्टी वरीयतामा नेपालको स्थान यथावत — OSNepal

टी–ट्वान्टी वरीयतामा नेपालको स्थान यथावत

LC (KTM) December 06, 2021 0

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले फेरी टी–ट्वान्टी वरीयता सार्वजनिक गरेको छ । सार्वजनिक बरियतामा नेपाल यथास्थानमै रहेको छ । आईसीसीले आधिकारीक रुपमा आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल यथावत रहेको हो । नेपाल १२ औं स्थानमा यथावत नै रहेको छ ।

यस अघि पनि नेपाल १२ औं स्थानमै रहेको थियो ।टी ट्वान्टीको वरीयतामा सबैभन्दा पहिलो स्थानमा इंग्ल्यान्ड रहेको छ । त्यस्तै भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् । न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौ स्थानमा छन् ।

एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टेस्टको वरीयतामा भारत शीर्ष स्थानमा उक्लिएको छ । नयाँ वरीयता अनुसार भारत शीर्ष स्थानमा उक्लिएको हो । टेस्टमा न्युजिल्याण्ड दोस्रो, अष्ट्रेलिया तेस्रो,इंग्ल्यान्ड चौंथो र पाकिस्तान पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर