मेस्सीलाई अदालतको झट्का , करोडौको लगानी रहेको होटल भत्काउन अदालतको आदेश — OSNepal

मेस्सीलाई अदालतको झट्का , करोडौको लगानी रहेको होटल भत्काउन अदालतको आदेश

LC (KTM) December 06, 2021 0

बिश्व चर्चित फुटबलर लियोनल मेस्सीलाई आपत आइलागेको छ । करोडौको घाटा लाग्ने भएपछि मेस्सी चिन्तित बनेका छन् । उनको स्पेनमा रहेको अत्याधुनिक सुविधा भएको होटेललाई भत्काउन अदालतले आदेश दिए संगै मेस्सी रुनु न हाँस्नु भएका छन् । २६ मिलियन पाउण्ड लगानी रहेको सो होटेललाई तत्काल भत्काउन अदालते आदेश दिएको हो ।

मेस्सीले हाल भत्काउन आदेश दिएको यो होटेल सन् २०१७ मा ३० मिलियन युरो अर्थात २६ मिलियन पाउण्डमा किनेका थिए । यो होटल मापदण्ड अनुसारको नरहेको भन्दै अदालतले नै भत्काउने आदेश दिएको हो । होटलको बाल्कोनीहरु मापदण्ड अनुसारको नभएको र यदि बाल्कोनी घटाउन खोजेपनि त्यो संभव नभएको बताइएको छ ।

यसका साथै सो होटेलको फायर प्लान पनि मापदण्ड अनुसार नरहेको बताइएको छ । होटलमा ७७ वटा कोठा रहेका छन । बार्सिलोना भन्दा ४० किलोमिटर टाढा रहेको उनको यो होटेल समुन्द्रतिर फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर