OSNepal बुधबार, माघ ५ २०७८

आफुले सोचेको भन्दा राम्रो परिणाम आएपछि अभिनेत्री करिश्माले पढाईलाई निरन्तरता दिने

आफुले सोचेको भन्दा राम्रो परिणाम आएपछि अभिनेत्री करिश्माले पढाईलाई निरन्तरता दिने

  • OSNepal
  • मंगलबार, मंसिर २१ २०७८


आफुले सोचेको भन्दा राम्रो परिणाम आएपछि अभिनेत्री  करिश्माले पढाईलाई निरन्तरता दिने
Reading Time: < 1 minute

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कलेजको पढाईलाई निरन्तरता दिने भएकी छिन् । उनले शुक्रबार मात्र १२ कक्षा उतिर्ण गरेकी थिईन् । आफुले सोचेको भन्दा राम्रो परिणाम आएपछि उनी अहिले निकै खुसी छिन्,‘नयाँ भर्ना खुलीसकेको छ । अब आईतबार नै व्याचलरमा भर्ना भएर क्लास सुरु गर्छु ।’ उनले भनेकी छिन् ।

अढाईलाई अघि बढाउँदै अझै केही वर्ष निरन्तर कलेज गएर विधा वारिधी गर्ने धोका पुरा गर्ने उनले बताएकी छिन् । उनले स्नातकमा ग्रामिण शिक्षा ९रुलर डेभलपमेन्ट० विषय रोजेर पढाई सुरु गर्दै छिन् ।

उनी २।४१ जीपीएसहित कक्षा १२ उत्तीर्ण भएकी हुन् । उमेरले ४० वर्ष नाघेपछि स्कुल पढ्न गाएकी यी अभिनेत्री अहिले पढाईको लागि धेरैको प्रेरणा बनेकी छिन् । ।राजधानि दैनिकमा खबर छ । उनले ५ वर्ष अघिबाट स्कुल देखि पुन पढाई सुरु गरेकी थिईन् । काठमाडौंको मैतिदेवी स्थित एउटा विधालयमा ८ कक्षामा भर्ना भएकी उनले सोही विधालयबाट एसइइ उतिर्ण गरेकी हुन् ।

ललितपुरको गोदावरी निवासी अभिनेत्री करिश्माले आफ्नै टोलको किटिनी माविबाट १२ कक्षा उतिर्ण गरेकी हुन् । अब स्नातक पनि सोही कलेजमा पढ्ने उनले बताएकी छिन् । त्यसो त उनलाई अरु कलेजबाट पनि स्नातक पढ्नको लागि प्रस्ताव आईरहेको छ । अहिले सबै साथीहरु यही कलेजमा भएकाले यही रुलर डेभलपमेन्टमा स्नातक गर्ने उनले बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड