यसकारण गर्छन बच्चाले ओछ्यानमै पिसाब — OSNepal

यसकारण गर्छन बच्चाले ओछ्यानमै पिसाब

LC (KTM) December 07, 2021 0

काठमाडौ- कतिपय बच्चाको ओछ्यानमै पिसाब गर्ने बानि परेको हुन्छ । उनिहरुको त्यो बानि ठुलो हुने बेला सम्म पनि हटेको हुदैन । यो आफैँमा एउटा समस्या हो । कतिपय बच्चाले त बुझ्ने भएपछि पनि ओछ्यानमै पिसाब गर्छ भने त्यो एक मनोवैज्ञानिक समस्या हो ।

पाँच वर्षसम्मका बालबालिकामा ओछ्यानमै पिसाब फेर्ने बानी छ भने त्यो स्वाभाविकै मानिन्छ ।१५ देखि २० वर्षको हुँदासम्मसमेत ओछ्यानमै पिसाब फेर्ने समस्या रहन्छ । ओछ्यानमै पिसाब गर्नु पिसाबसम्बन्धी समस्या नभएर न्युरो साइकियास्ट्रिक समस्या हो ।

बच्चाको जीवनशैलीमा ध्यान दिन सके आधाभन्दा बढी समस्या आफैँ हट्छ । अभिभावकले बच्चाले पिसाब गर्ने समय ख्याल दिन अति आवश्यक हुन्छ । यसो गर्दा समय–समयमा शौचालय जाने बानी पर्छ र समस्या बिस्तारै कम हुँदै जान्छ ।नचाहेर ओछ्यानमा राती पिसाब फेर्नुका कारणमध्ये वंशाणुगत कारण प्रथम स्थानमा आँउछ।

आमाबाबुको बाल्य अवस्थामा यो समस्या थियो भने बच्चाहरुमा यो समस्या हुने संभावना ५० देखि ७७ प्रतिशत हुन्छ। पिसाब जम्मा हुने थैलीको क्षमता कम भएको खण्डमा पनि यो समस्या देखा पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर