नेपाली सेनाको जागिर छाडेर यूएईमा गएका ३३ वर्षीय दीपकको निधन, शोकमा परिवार — OSNepal

नेपाली सेनाको जागिर छाडेर यूएईमा गएका ३३ वर्षीय दीपकको निधन, शोकमा परिवार

LC (KTM) December 07, 2021 0

काठमाडौ । यूएईमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका–८ जंकोटका ३३ वर्षीय दीपक डाँगी रहेका छन् । उनको शुक्रबार मृत्यु भएको जनाइएको छ ।

सुरक्षा गार्डको काममा तीन वर्षअघि दीपक यूएई गएका थिए । परिवारका अनुसार उनको के कारणले मृत्यु भएको भन्ने कारण खुलेको छैन् ।

डाँगीको घरमा श्रीमती, छोराछोरी, बाआमा र भाइबहिनी रहेको जनाइएको छ । उनको मृत्यु पछि परिवार अहिले शोकमा डुबेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर