माधव नेपालको आरोप : एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहको कब्जामा — OSNepal

माधव नेपालको आरोप : एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहको कब्जामा

LC (KTM) December 07, 2021 0

विराटनगर २१ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको आरोप लगाएका छन् ।

सुनसरीमा आयोजीत एक कार्यक्रममा सहभागी भएका नेता नेपालले मंगलबार यस्तो आरोप लगाएका हुन् । जोड्दै जाने हो भने भौतिक सम्पती, नगदहरु अरब पुगेको समेत बताएका छन् । यसमा आफ्नो हक लाग्ने भए खोसेरनि लिने बताएका छन् ।

हक खोज्नका लागि कानूनी बाटो अपनाउने समेत बताएका उनले भने,‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केहीबात छैन फेरि आर्जन गरौंला ।’

एमाले पार्टीलाई व्यवस्थित बनाउन कार्यालय अपरिहार्य भएको समेत बताएका छन् ।

नेपालले आफुले अर्को पार्टी खोले पनि एमाले पार्टीको विषयमा चिन्ता गर्दै आफुले पाउने हकको लागि कानुनी उपायहरु समेत खोज्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर