शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु — OSNepal

शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु

LC (KTM) December 07, 2021 0

काठमाडौं, २१ मंसिर-कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् ।रामचन्द्र पौडेलले एकपटकका लागि आफूलाई छोडिदिन भनेकाले आफू छोड्न तयार भएको उनले बताएका छन् । उनले अरुका नाममा सहमति भयो भने पनि उनीहरू पनि छोड्न तयार हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर