कोइरालटारमा किसानले सुरु गरे १२ रोपनी जग्गामा सामूहिक आलुखेती — OSNepal

कोइरालटारमा किसानले सुरु गरे १२ रोपनी जग्गामा सामूहिक आलुखेती

LC (KTM) December 08, 2021 0

सिन्धुपाल्चोक, २२ मङ्सिर इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् ।नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी यस वर्ष २० बोरा आलु रोपिएको हो । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पु¥याउन बीजवृद्धिसहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफले जनाएको छ ।

निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न समूहमार्फत आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । महिला आत्मनिर्भरताको सुनिश्चितताका लागि महिलाहरूको ७० प्रतिशत सहभागिता रहेको उहाँले बताउनुभयो ।

यसअघि आफ्नै घरमा मात्र खपत हुने गरी आलुखेती गर्ने किसानले यस वर्ष भने परियोजनाअन्तर्गत व्यवसायीकरण आलुखेती गरेका हुन् । परियोजनाले किसानलाई आलुखेतीका बारेमा आवश्यक ज्ञान, सीप प्रदान र कृषि प्राविधिकसमेत सहयोग गर्ने छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर