जुरे पीडितको नाममा संकलित रकम ८ वर्ष हुँदा पनि सरकारी खातामै — OSNepal

जुरे पीडितको नाममा संकलित रकम ८ वर्ष हुँदा पनि सरकारी खातामै

LC (KTM) December 08, 2021 0

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुरेमा २०७१ सालमा आएको पहिरोमा परी एक सय जनाले ज्यान गुमाए । संयोगले बाँचेकाहरू अहिले दुःखको जिन्दगी कटाइ रहेका छन् । जुरे पीडितलाई पनि भूकम्प पीडित सरह मानेर सरकारले आवास निर्माणको लागि तीन लाख दिएको छ ।

जुरे पीडितको नाममा संकलित २ करोड २४ लाख रकम ८ वर्षसम्म सरकारी खातामा रोकिएको छ । पीडितले भने आवास निर्माणको लागि भूकम्प पीडित भनेर पाएको तीन लाखले सरकारी जग्गामा घर बनाएर बस्नु परेको छ । पीडित भन्छन्, ‘हाम्रो लागि उठेको पैसा सरकारी खातामा छ । हामी सरकारी जग्गामा घर बनाएर बस्नुपरेको छ ।’

बाह्रबिसे नगरपालिका-५ राम्चेकी ठूली तामाङ जुरे पहिरोमा परी घाइते भइन् । उनी अहिलेसम्म पनि राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । ६ महिनाको उपचारपछि राम्चे फर्किएर उनले सरकारी जग्गामा टहरा बनाएकी छन् । तर, सरकारले पीडितको व्यवस्थापनका लागि संकलन भएको रकम वितरण नगर्दा आफ्नो नामको जग्गामा घर बनाउन नसकेको उनी बताउँछिन् ।

जुरे पहिरोमा लामोसाँघुका सुवास तामाङले परिवारका सबै सदस्य गुमाए । त्यस यता उनी छिमेकीको आश्रयमा बसिरहेका छन् । सरकारले जुरे पहिरो पीडितलाई एकीकृत बस्ती बसाउने, जग्गा उपलब्ध गराउने आश्वासन दिए पनि काम भएको छैन ।

जुरे पहिरोकाकारण १ सय ४५ जनाको मृत्यु भएको थियो भने सयमाथिका परिवार विस्थापित भएका थिए । कोही जग्गा किनेर वा राजधानी पसेर बसेका छन् तर पहिरोमा परी सर्वस्व गुमाएका जुरे पहिरो पीडित २५ परिवार अहिले पनि सरकारी जग्गामा टहरो हालेर बसेका छन् । सात वर्ष अघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर