काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६० रुपैयाँ ५४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?