नेपालगन्जमा सुर्ती भित्र लुकाएर ल्याएको लागूऔषध 'खैरो हेरोइन' बरामद  — OSNepal

नेपालगन्जमा सुर्ती भित्र लुकाएर ल्याएको लागूऔषध ‘खैरो हेरोइन’ बरामद 

LC (KTM) December 08, 2021 0

सन्दिप योगी । बाँकेमा सुर्तीको प्याकेट भित्र लुकाएर ल्याउँदै गरेको लागूऔषध ‘खैरो हेरोइन’ सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गूऔषध नियन्त्रण व्युरोको साखा कार्यालय बाँकेबाट खटेका सादा पोशाकका प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय शुसान्त शाहीलाई ४ ग्राम ३९० मिलिग्राम लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर) सहित पक्राउ गरेको हो ।

बाँकेको नेपाल भारत खुला सिमा रहेको रुपैडिया भन्ने भारतिय बजारबाट खरिद गरि नेपाल ल्याउँदै गर्दा गोप्य सुचनाको आधारमा पक्राउ गर्न सफल भएको लागूऔषध अनुसन्धान व्युरोका एक अधिकारीले ओएस नेपाललाई जानकारी दिए ।

उनले भने, ” सुपर पावर सुर्तिको खोस्टा भित्र राखेर ल्याएको रहेछ, गोप्य सुचनाको आधारमा खानतलासी गर्दा पक्राउ गर्न सफल भयौँ । यो नाकाबाट लागूऔषध काठमाडौँं, पोखरा, बर्दिया, विशेष गरि दाङ र सुर्खेत तिर युजर(खाने) र डिलर(कारोबार गर्ने) ले लिएर जान्छन । युवा पुस्ता नै यो नशाको सिकार भएको अवस्था छ । हामिले सक्दो नियन्त्रण गर्ने कोसिस गरेका छौँ तर कारोबारीहरुले विभिन्न उपाय लगाएर नेपाल लिएर आउँछन ।”

हाल बाँके, बर्दिया लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको ती अधिकारीले ओएस नेपाललाई बताए ।भारतिय बजारमा १ ग्रामको ३ हजार ५ सय सम्म पर्ने लागूऔषध खैरो हेरोइन काठमाडौँ पुर्याएमा १० देखि १५ हजार सम्ममा बिक्रीवितरण हुने नाम नखोल्ने शर्तमा एक प्रहरीले बताए ।

सिमा नाकामा चुस्त दुरुस्त रुपमा स्थानिय प्रहरीले सक्रियता देखाउन नसक्दा अवैध ओसारपसार बढेको ती प्रहरीले बताए ।उनले भने, “हाम्रै सहकर्मी प्रहरी इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरिक्षक (सइ) मीनबहादुर बिष्टले सक्रिय रुपमा काम गर्न नसक्दा सिमा जस्तो संबेदनसिल क्षेत्र लथालिंग भएको छ ।”

अहिले बाँकेमा तस्करी र भन्सारछली बढेको स्थानियहरुको भनाइ छ । सर्वसाधारणलाई भारतको रुपैडियाबाट सामान ल्याउँदा कडाइ गरेर काम गरेको देखाउने तर भित्र भित्र सेटिङमा बैकल्पिक नाकाबाट तस्करीमा इप्रका जमुनाहका केही प्रहरीले साथ दिने गरेको एक स्थानिय ब्यापारीले दाबी गरे ।
सुर्तीको प्याकेट भित्र लुकाएर ल्याउँदै गरेको लागूऔषध ‘खैरो हेरोइन’ सहित पक्राउ परेका शुसान्त शाहीलाई ४ ग्राम ३९० मिलिग्राम लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर) सहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर