अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता — OSNepal

अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

LC (KTM) December 08, 2021 0

अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताउनुभएको छ ।

सलीभेनका अनुसार सम्मेलनमा बाइडनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन गर्ने अमेरिकाको अडानलाई दोहो¥याउनुभएको थियो । युक्रेनलाई अतिरिक्त प्रतिरक्षात्मक प्रबन्ध उपलब्ध गराउने योजना अमेरिकाको छ ।

रूसी राष्ट्रपतिको प्रेस वेबसाइटमा पनि पुटिन र बाइडनबीच बुधबार वार्ता भएको जानकारी गराइएको छ ।

उक्त भिडियो वार्तामा दुवै देशका नेताहरूले निरन्तर रूपमा सन् २०२१ को जुन महिनामा सम्पन्न भएको जेनेभा भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्दै जाने विषयबारे चर्चा भएको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर