साझा उम्मेदवार चयन गर्न फेरि बस्यो पौडेल पक्षको बैठक — OSNepal

साझा उम्मेदवार चयन गर्न फेरि बस्यो पौडेल पक्षको बैठक

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मुखैमा आउँदा सभापतिको चयनको लागि छलफलले तिव्रता पाएको छ । सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षको बैठक फेरि सुरु भएको छ ।

हिजो मंगलबारबाट निरनतर बैठक बसेको यो समुहमा सभापतिको आकांक्षीमा प्रकाशमान सिंहशेखर कोइराला र रामचन्द्र पौडेल रहेका छन् सहमतिमा शशांक कोइरालाले भने सभापतिको दावी छोडिसकेका छन् ।

त्यसैगरी उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी रहेको देखिएको छ । साझा उम्मेदवार छान्न जिल्ला र प्रदेशस्तरका नेताहरुले समेत चौतर्फी दवाव दिइसकेकाले कोइराला र श्रेष्ठले सहमति नगरे पौडेललाई नै सभापतिको लागि अघि सारिने यस अघिको बैठकमा निणर्य भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर