तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको छ: प्रधानमन्त्री ओली — OSNepal

तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको छ: प्रधानमन्त्री ओली

LC (KTM) May 28, 2021 0

काठमाडौं १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरी कार्य प्रारम्भ गरिएको बताएका छन् । आज शुक्रबार देशवासीको नाममा सम्बोधन गर्ने क्रममा ओलीले यसको खुलासा गरेका हुन् ।

सरकारी, सार्वजनिक र गुठी जग्गाको यथार्थ अवस्था पहिचान गरी प्रतिवेदन पेश गर्न गठित कार्यदलको प्रतिवेदन प्राप्‍त भएको छ भने २ सय हेक्टर अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याइएको सम्बोधनमा ओलीले बताएका छन् । ‘मुलुक प्रमुख पशुपन्छीजन्य पदार्थमा आत्मनिर्भर भएको छ। प्रमुख खाद्यान्‍न बालीको उत्पादनमा ११ प्रतिशतले वृद्धि भएको छ। कृषक सूचीकरण अभियान सुरु गरिएको छ। तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको छ’ ओलीले भने ।

पछिल्लो समय देशमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया समेत अगाडी बढेको बताएका ओलीले माटोको गुणस्तरको डिजिटल परीक्षण सुरु गरिएको जनाएका छन् । “मेरो कित्ता” नामक एप्स कार्यान्वयनमा आएसँगै नागरिकहरूले आफ्नो जग्गाको कित्ता नम्बरसहितको नक्सा आफैंले हेर्न र छाप्न सक्ने व्यवस्था भएको सम्बोधनमा भनेका छन् । ‘यसै आर्थिक वर्षमा ६ वटा नयाँ औद्योगिक क्षेत्रको निर्माण सुरु भएको छ। स्थानीय तहमा७४ औद्योगिक ग्राम घोषणा भई काम थालिएको छ। अन्तर्राष्‍ट्रिय व्यापार वृद्धिका लागि भारत, बङ्‍गलादेश, अमेरिका र भूटानसँग वाणिज्य वार्ता सम्पन्‍न भएका छन्’  ओलीले भने  ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर