मेलै चुनाव हारेको होइन जितेको हो : भीम रावल — OSNepal

मेलै चुनाव हारेको होइन जितेको हो : भीम रावल

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेकपा एमालेका नेता डा. भीम रावलले चुनवमा हार जित हुनु स्वाभाविक भएको बताएका छन् । पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका नेता रावलले अध्यक्ष केपी शर्मा ओलीसँग फराकिलो मतअन्तरले पराजित भएका थिए ।

अध्यक्षमा पराजित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका नेता रावलले आफुले चुनावमा हारेपनि नैतिक रुपमा अध्यक्ष पद जितेको बताएका छन् ।प्रत्येक व्यक्तिलाई चुनावमा प्रतिस्पर्धा गर्ने अधिकार भएको बताएका उनले चाहे त्यो संसदीय वा पार्टीको चुनाव होस् ।

यदि त्यसविपरीत भए निरंकुशता हुने बताएका छन् । कार्यक्रममा उनले भनेका छन् , ‘आठौँ महाधिवेशनको बुटवल महाधिवशेनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीजी र म उपाध्यक्ष पदमा उठेका थियौँ । तर, दुवै हार्यो । निर्वाचनमा उठेपछि हारजित हुनु स्वभाविक हो । पराजयको कुरा गर्नुहुन्छ भने, यो दशौँ महाधिवेशनमा मैले जुन देशभक्ति भण्डा उठाएको थिएँ । पार्टीको विधि, पद्धतिको उठाएको थिएँ । मैले आज चुनाव जितेको छु, हारेको छैन’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर