संविधान भन्दा माथि राखेर गरिएको एमसीसी सम्झौता देशको लागि घातक भएको रावलको दावी — OSNepal

संविधान भन्दा माथि राखेर गरिएको एमसीसी सम्झौता देशको लागि घातक भएको रावलको दावी

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेकपा एमालेका नेता भीम रावलले एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भईरहेको बताएका छन् ।

  अध्यक्षमा  उम्मेदवारी दिएका       रावलले     केपी शर्मा ओलीसाग  हारेपछि    पहिलो पटक  अछाम पुगेर सार्वजनिक कार्यक्रममा   सहभागी भएका   नेता   रावलले यस्तो बताएका    हुन्  ।

अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र भईरहेको बताएका उनले देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा बताएका छन् ।

एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको दावी गरेका उनले सडक देखि सदन सम्म आवाज उठाउनु पर्ने बताएका छन् ।

एमसीसी देशको लागि घातक भएको र संविधान भन्दा माथि राखेर सम्झौता गरिएको रावलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर