हेलिकप्टर दुर्घटनामा परी अस्पतालमा उपचाररत भारतीय पूर्वसेना प्रमुख विपिन रावत र उनको श्रीमतीको निधन — OSNepal

हेलिकप्टर दुर्घटनामा परी अस्पतालमा उपचाररत भारतीय पूर्वसेना प्रमुख विपिन रावत र उनको श्रीमतीको निधन

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । भारतमा उच्च सैनिक अधिकारी चढेको एमआई९१७ भी ५ हेलिकप्टर दुर्घटना हुँदा गम्भिर घाइते भएका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको निधन भएको छ ।

भारतको तमिलनाडुको कुन्नुर जंगलमा भएको सेनाको एमआई–१७ हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

१४ जना सवार उक्त हेलिकप्टरमा रावतको श्रीमती मधुलिका र थप ११ जनाको निधन भएको भारतका रक्षामन्त्री राजनाथ सिंहले ट्विटमार्फत् जानकारी दिएका हुन् ।

रक्षामन्त्री सिंहले रावतको असामयिक निधनले स्तब्ध तुल्याएको र आर्मी फोर्सले एक योद्धा गुमाएको बताएका छन् ।

गत वर्ष जनवरीमा चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत तथा उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्‍स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर