कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन, संशोधन कार्यतालिका यस्तो छ — OSNepal

कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन, संशोधन कार्यतालिका यस्तो छ

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । आज बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रेस विज्ञप्ती जारी गरेर कार्यतालिका संशोधन गरिएको जानकारी दिएका हुन् ।

संशोधन गरिएको कार्यतालिकामा मसिंर २४ गते १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गरिने र २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

जारी विज्ञप्तीमा २५ गते साँझ ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ गरिने,सोही दिन बेलुका ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गरिने, राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने उल्लेख गरिएको छ ।

साथै मंसिर २६ गते ११ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ , १२ः१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान भने मंसिर २७ गते विहान ८ बजेदेखि सुरु हुने जारी विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर