बिबाहको अघिल्लो रात नै बिक्की र कट्रीना यसरी भए श्रीमान् श्रीमती , विकिपिडियामा यस्तो देखायो — OSNepal

बिबाहको अघिल्लो रात नै बिक्की र कट्रीना यसरी भए श्रीमान् श्रीमती , विकिपिडियामा यस्तो देखायो

LC (KTM) December 08, 2021 0

बलिउडको सबैभन्दा लोकप्रिय जोडी विक्की कौशल र कट्रिना कैफको विवाह अब १ दिन मात्रै बाँकी छ । डिसेम्बर ९ मा विक्की कट्रिना सधैंका लागि बैबाहिक बन्धनमा बाँधिदै छन् । तर अचम्मको कुरा के भने कट्रिना र विक्कीले सात फेरा लिनु अघि नै विकिपिडियामा उनीहरुलाई श्रीमान् श्रीमती देखाई सकेको छ । विकिपिडियामा गुगलमा कट्रिना कैफ र विक्की कौशललाई श्रीमान् श्रीमतीको रूपमा प्रस्तुत गरिएको छ।

दुबै विकिपिडिया प्रोफाइलमा विवाहित जोडी बनेका छन् । अहिलेसम्म विक्की–कट्रिनाले आफ्नो विवाहको औपचारिक घोषणा समेत गरेका छैनन् । यस्तो अवस्थामा उनीहरु दुबैको विकिपेजमा यस्तो देखाउँदा फ्यानहरु अचम्ममा परेका छन् । गुगलमा विक्की कौशल वा कट्रिना कैफको नाम सर्च गर्दा पार्टनरको अगाडि उनीहरुको बेटर हाफको नाम लेखिएको छ ।

विक्की कौशलको प्रोफाइलमा कट्रिना कैफको नाम छ । उता, कट्रिना कैफको विकी पेजमा विक्की कौशलको नाम लेखिएको छ ।तर कुरा यो हो कि विकिपिडिया पृष्ठमा भित्रको जानकारी भने एकदमै सही रहेो छ । अहिलेसम्म यो जोडीको विवाह समारोहको एउटा पनि तस्विर बाहिर आउन नदिन बिशेष ब्यवस्था मिलाइएको छ । विवाहमा आउने सबै पाहुनालाई फोन प्रयोग गर्न निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर