माईजोगमाई अध्यक्ष कप : भारतको मानेभञ्ज्याङ सेमीफाइनलमा प्रवेश — OSNepal

माईजोगमाई अध्यक्ष कप : भारतको मानेभञ्ज्याङ सेमीफाइनलमा प्रवेश

LC (KTM) December 08, 2021 0

माईजोगमाई अध्यक्ष कपमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबले जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । इलामको माईजोगमाई नयाँबजार स्थित बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापाको गाडागल्ली इनोभेटिभ सोसाइटीलाई ३–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती अग्रता मानेभञ्ज्याङले लिएको थियो । कप्तान इलाले पेनाल्टी मार्फत गोल गरेका थिए । मौसमले अवरुद्ध बनेको खेलको ३५ औ मिनेटमा सब्स्टिच्युट खेलाडी पुजनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४३ औ मिनेटमा झापाका लागि अफ्रिकी खेलाडी योमेले गोल गर्दै २–१ को अग्रता बनाएका थिए । खेलको अन्तिम समयमा झापा सम्हालिन नसक्दा मानेभञ्ज्याङका कप्तान इला र सुराग क्षेत्रीले गोल गरे ।

त्यसपछि मानेभञ्ज्याङ ३–२ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनाउन सफल भयो । प्रतियोगिता अन्र्तगत भोली २ वटा क्वाटरफाइनलका खेलहरु हुँदैछन् । पहिलो खेलमा रेडहर्ष इलाम र पाँचथर फुटबल क्लब भिड्दैछन् । दोश्रो खेलमा आयोजक रातो र जनता सेभेन सूर्योदय नगरपालिका प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर