शिवसताक्षी ११ फाइनलमा प्रवेश — OSNepal

शिवसताक्षी ११ फाइनलमा प्रवेश

LC (KTM) December 08, 2021 0

झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति सुप्पर ८ को खेलमा शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको छ । दूधे रंंगशालामा आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा शिवसताक्षी १० लाई १–० गोल अन्तरले हराउँदै गर्दै शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको हो । खेलको ३ मिनेटमा शिवसताक्षी ११ का अजेस राई गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

दुवै तर्फबाट प्रतिश्पार्धामत्क खेल भएपनि वडा १० ले कुनै पनि गोल गर्न सकेन । अन्त्यमा नतिजा सुम्पन बाध्य भयो । खेलको म्यान अफ दी म्याच शिवसताक्षी ११ का जेरन राई घोषित भए । उनले नगद २५०० प्राप्त गरे । खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । भोली हुने अन्तिम सेमीफाइनल खेल कनकाई ५ र झापा गाउँपालिका ६ बीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर