कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट त्रसित भइरहेका बेला प्रदेश १ का सामाजिक विकास मन्त्रीले गरे यस्तो अपिल — OSNepal

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट त्रसित भइरहेका बेला प्रदेश १ का सामाजिक विकास मन्त्रीले गरे यस्तो अपिल

LC (KTM) December 08, 2021 0

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि देखिए पछि परिस्थिती निक्कै गंभीर बनेको छ । सबै नेपालीहरु नयाँ भेरियन्ट बाट डराईरहेका बेला प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले भने नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बिरुद्ध राम्रो तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भईरहेको बताउनुभएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाध्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिई सकिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ कोभिड अस्पतालमा करिव २ सयको संख्यामा वेडहरु तयारी अवस्थामा छ ।’ अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर