आज अमेरिकाबाट १४ लाख मात्रा मोर्डना खोप नेपाल आउँदै — OSNepal

आज अमेरिकाबाट १४ लाख मात्रा मोर्डना खोप नेपाल आउँदै

LC (KTM) December 09, 2021 0

काठमाडौँ, २२ मङ्सिर -कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड बुधबारछ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप बुधबार दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उहाँले बताउनुभयो ।

यस्तै आज अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उहाँले आज १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइन्छ । सरकारले बालबालिका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर