OSNepal बुधबार, माघ ५ २०७८

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रवार अन्तेष्टि गरिने

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रवार अन्तेष्टि गरिने

  • OSNepal
  • बिहिबार, मंसिर २३ २०७८


हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावतको शुक्रवार अन्तेष्टि गरिने
Reading Time: < 1 minute

एजेन्सी – बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्वसेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्तेष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानाकारी दिएको हो । उनको शव आज विहीबार दिल्ली ल्याइदैछ ।

रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

दर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले जनाएको छ । भारतीय सेनाका पूर्वप्रमुख रावत सन् २०२० को जनबरीमा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए।

रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाबारे बिहीबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड