OSNepal आइतबार, माघ ९ २०७८

यूईएफए च्याम्पियन्स लिग : युभेन्ट्स विजेता, चेल्सी उपविजेता

यूईएफए च्याम्पियन्स लिग : युभेन्ट्स विजेता, चेल्सी उपविजेता

  • OSNepal
  • बिहिबार, मंसिर २३ २०७८


यूईएफए च्याम्पियन्स लिग : युभेन्ट्स विजेता, चेल्सी उपविजेता
Reading Time: < 1 minute

काठमाडौं, २३ मंसिर – साविक विजेता चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगको समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । समान अंक भए पनि चेल्सी उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १-० ले पराजित गर्‍याे । घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले विजेता बन्यो । समूहको अर्काे खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोल अन्तरमा रोकियो ।

चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे ।

जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड