आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) December 09, 2021 0

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरकी डलरको मूल्य आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम गरेको छ ।

राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२१ रुपैयाँ ०१ पैसा कायम गरेको थियो । आज जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६१ पैसा र बिक्री दर १० रुपैयाँ ६६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १९ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ८७ पैसा र बिक्री दर १३६ रुपैयाँ ५५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा कायम छ । कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०८ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको छ । आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर