अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोरोना देखियो — OSNepal

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोरोना देखियो

LC (KTM) December 09, 2021 0

एजेन्सी । अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् ।

अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए । जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ ।

बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कम्जोर र पीडा महशुस गरेको उनले बताएका छन् । आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरुसँगको भेट स्थगित गरिएको उनले जनाएका छन् ।

लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन् । जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन् । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाइ पनि कोभिड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर