ऐनकानुन मिचेर सञ्चालन भएका पठाओको लुटको धन्दा कहिले बन्द हुन्छ सरकार ? — OSNepal

ऐनकानुन मिचेर सञ्चालन भएका पठाओको लुटको धन्दा कहिले बन्द हुन्छ सरकार ?

LC (KTM) December 09, 2021 0

अनुसा थापा -निजी प्लेटमा दर्ता भएका रातो प्लेटको सवारी साधनले यात्रु बोक्ने थालेको वर्षौ बितिसकेको छ । पठाओ नाम दिएर दुई पाङग्रे सवारीले ऐनकानुन विपरीत यात्रु बोकेको छ । निजी प्लेटका सवारीले यात्रु बोक्ने नमिल्ने कानुन छ । तर, पठाओले ऐनकानुन मिचेको छ । २०४९ सालको यातायात ऐनले निजी प्लेटको सवारी साधनले यात्रु बोकेर पैसा कमाउने नपाउने स्पष्ट उल्लेख गरेको छ । हाल पठाओमार्फत सञ्चालन भएका सम्पुर्ण सवारी साधन निजी प्लेटअन्तर्गत दर्ता भएका छन् ।

सरकारले बनाएको ऐनकानुनलाई धोती लगाउदैं पठाओ कम्पनीले यात्रु बोकेर पैसा कमाइरहेको छ । यता, पठाओले आफुखुसी भाँडा बढाएर जनता ठगिरहेको छन् । एउटा निजी कम्पनीको अगाडि नेपाल सरकार लम्पसार परेको छ ।पठाओ कम्पनीले चलाएअनुसार सरकार चलेको छ । यात्रुले यात्रा गरेका छन् तर पठाओ कम्पनीले तोकेजति भाँडा तिरेर । पठाओ चढेबापत लिनुपर्ने भाँडा सरकारले किन तोकेन ? जब पठाओ कम्पनीको स्थापना भए तबदेखि उसले आफै भाँडा तोकेको छ ।

अहिले आयल निगमले इन्धनको भाउ बढाएसंगै पठाओ कम्पनीले आफुखुसी दुई रुपिँया बढाएको छ । यात्रुले अब पठाओमा यात्रा गर्दा प्रतिकिमि दुई रुपिँया बढी तिर्नुपर्नेछ । पठाओ चालकलाई समेत भाँडाको बारे अत्तोपत्तो छैन् ।कसैले १७ रुपिँया भन्छन् त्यतिमै यात्रा गराउछन् । कुनैले कम्पनीले तोकेको १९ रुपिँया छ भन्दै त्यति नै असुल्छन् । कम्पनीले निर्धारण गरेको भाँडादर कति हो ? यसबारे सरकार र यात्रु दुवै बेखबर छन् । किलोमिटरमा पनि पठाओ चालकले यात्रुलाई ठगेका छन् ।

देखाउने बेला पाँच किमिको बाटो देखाउदै पैसा लिन्छन् । तर, भित्री र छोटो बाटो हुदैं गन्तब्यसम्म पुप्याउछन् । जनता ठग्ने यो सबैभन्दा राम्रो उपाय हो । पठाओले यात्रुलाई बिलसमेत दिदैनन् । पठाओ कम्पनीको दैनिक कमाइ दुईदेखि चार हजार हो ।हाल पाँच लाख दुई पाङग्रे सवारी साधनले यात्रु बोक्ने अनुमान गरिएको छ । एउटा मोटरसाइकलको दैनिक कमाइ दुई हजार मात्र भएपनि पाँच लाखले कति कमाउला ? यसबाट पठाओ कम्पनीको दैनिक आम्दानी कति होला ?

स्पष्ट रुपमा भन्ने हो भने पठाओ कम्पनीले दैनिक अर्बको व्यापार गर्दछ । सेवा दिने भन्दै पठाओले अप्रत्यक्ष रुपमा जनता ठगेर अर्बौ रुपिँयाको व्यापार गर्छ । यता, पठाओ कम्पनीले राज्यलाई राजस्व पनि तिर्दैनन् । भारी राजस्व छली गर्ने प्रमुख व्यापार व्यवसायमा पठाओ कम्पनी पनि समावेश भएको छ ।यात्रुले तिरेको भाँडादरको बीस प्रतिशतको हकदार पठाओ कम्पनी हुन्छ भने ८० प्रतिशत चालकको हातमा पर्छ । पठाओ कम्पनीसंग जोडिनको लागि पहिल्यै नै दुई हजार पाँच सय रुपिँया जम्मा गर्छन् सवारी चालक । पठाओमा केही हदसम्म सहज भएपनि यसमा यात्रा गर्नु जोखिमपुर्ण छ ।

पठाओको भाँडादर निकै नै महँगो छ । तैपनि पठाओ कम्पनीले यात्रुलाई सकुशल गन्तब्यसम्म पुप्याउने ग्यारेण्टी लिन सकेको छैन् । पठाओ मार्फत यात्रा गर्ने यात्रुको बीमा गराएको हुदैन् । मोटरसाइकल र चालकको मात्र बीमा गराइएको हुन्छ ।एउटा स्कुटर वा मोटरसाइकलले दिनमा चार हजार मात्र आम्दानी गप्यो भने पनि मासिक एक लाख बीस हजार हुन्छ । दुई हजार मात्र आम्दानी गर्नेले महिनाको ६० हजार कमाउछन् । यिनीहरुले न राज्यलाई प्रत्येक चार महिनाको रोड परमिट तिर्छ ।

न जाँचपास गर्छ, प्रदुषणको पैसा पनि तिर्नपदैन् । यिनीहरु कम्पनी र घरेलुमा गएर पञ्जीकरण समेत भएका छैनन् । पठाओले आम्दानी गरेबापत राज्यलाई राजस्व तिर्दैन् । तर, पठाओलाई कालो प्लेटमा लगेर दर्ता गराउने हो भने राज्यको ढुकुटीमा राजस्व आँउछ ।
यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले बनाएको ऐनकानुन विपरीत निजी प्लेटको सवारीले यात्रु बोक्दा पनि सरकार मौन छ । यात्रु बोकेर पैसा उनीहरुले कमाएको छन् । तर, राज्यले राजस्व पनि पाएका छैनन् भने मनलाग्दी भाँडा राखेर जनता ठगेका छन् ।
सवारी साधनमा यात्रा गर्दा तिर्नपर्ने भाँडा निर्धारण गर्ने हक सरकारमा छ ।

यसको जिम्मा सरकारले यससम्बन्धी मातहतका निकायलाई दिएको छ । तापनि पठाओ कम्पनीले मनलाग्दी भाँडा निर्धारण गरिरहेको छ । के सरकारभन्दा शक्तिशाली पठाओ कम्पनी हो ?पठाओ कम्पनीले पैसाको आडमा यो काम गरिरहेको छन् । राजनितिक दल र सरकारी निकायकै संरक्षणमा पठाओ कम्पनीको जनता ठग्ने मनोबल बढेको हो । निजी प्लेटको सवारी साधनले खुलम्खुल्ला यात्रु बोकेर मनलाग्दी पैसा असुल्दा ट्राफिक महाशाखा कँहा छ ?

यातायात व्यवस्था विभाग के हेरिरहेको छ ? आफ्नो मर्जी अनुसार पैसा असुल्ने यातायात कम्पनीलाई किन कारबाही गरिएन् ? पठाओले रात परेपछि दोब्बर भाँडा लिन्छ । ट्याक्सीले सरकारले तोके अनुसार डेढी हान्छ तर पठाओले सिधै दोब्बर भाँडा जोड्छ ।पठाओ कम्पनी मार्फत ट्याक्सी बुकिङ गप्यो भने सुरुमै गाडी नै नचलिकन डेढ सय रुपैँया तिर्नुपर्छ । मेट्रो ट्याक्सी चढ्नेबित्तिकै ९९ रुपैँया तिर्न यात्रु बाध्इ छन् । ट्याक्सीको निमित्त सरकारले निर्धारण गरेको भाँडारेटः ट्याक्सीमा गएर चढ्नेबित्तिकै १४ रुपैँया हो ।

त्यस्तै, प्रत्येक किमि ३९ रुपैँया तोकिएको छ । तर, पठाओ चढ्नेबित्तिकै सेवाशुल्क बापत डेढ सय रुपैँया तिर्नुपरेको छ । देशका नागरिकहरु नयाँ ट्याक्सीको दर्ता खोल्दौ भनेर बारम्बार भनिरहेको छन् । नयाँ ट्याक्सीको दर्ता खोलिदिदाँ १४ हटाएर शुन्यबाट चलाउछौ ।
अहिले भएको ३९ लाई घटाएर २५ मा ट्याक्सी चलाउछौ भन्दा पनि सरकार सुन्दैन् । ट्याक्सी व्यवसायीहरु नयाँ ट्याक्सीको दर्ता कुनै पनि खोल्न दिदैनन् । लामो समयदेखि ट्याक्सीको दर्ता बन्द छ । ट्याक्सीका भएको सिण्डिकेट नहटाउदा यसको फाइदा पठाओ कम्पनीले लिएको छ ।

ट्याक्सीमा भएको विकृति रोक्न नसक्दा पठाओ कम्पनीलाई मोज भएको छ । सरकारले कि पठाओमार्फत सञ्चालन भएका मोटरसाइकललाई कालो प्लेटमा दर्ता गर्न निर्देशन दिनपप्यो । होइन् भने यिनीहरुलाई चल्नबाट प्रतिबन्ध लगाउनुपप्यो ।
कालो प्लेटमा पठाओलाई दर्ता गर्दा जनतालाई मात्र नभएर राज्यलाई पनि निकै फाइदा हुने देखिन्छ । राज्यको ढुकुटीमा राजस्वको साथै सरकारले पठाओको भाँडा तोक्ने हक अधिकार पनि यातायात व्यवस्था विभागले पाँउछ ।

विभागले पठाओको भाँडा निर्धारण गर्दा यात्रुले सर्वसुलभ रुपमा यात्रा गर्न सक्नेछन् । भने आयल निगमले इन्धनको भाउ तोकेअनुसार भाँडादर घटबढ हुन्छ । विभागले तोकेको भाँडा अहिलेको भाँडा दरभन्दा ठ्याक्कै आधा हुने देखिन्छ ।पठाओमार्फत सञ्चालन भएका सवारी साधनहरु थोत्रा, पुराना छन् । यसले गर्दा जोखिम अझ बढेको छ । कतिप सिकारुले समेत पठाओ चलाउदै आएका छन् । यिनीहरुले गर्दा दुर्घटना हुने देखिन्छ । यात्रुले पठाओले तोकेजति भाँडा तिरेको छन् । तापनि उनीहरु सुरक्षित भएर यात्रा गर्न सकिरहेको छैन् ।
पठाओको मनमर्जी अति नै भइसकेको छ । पठाओको लुटको धन्दा प्रत्येक दिन बढ्दो छ । यसको अन्त्य कहिले हुन्छ सरकार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर