बागलुङका उपमेयर लीलाले ३२ लाखको लगानीमा सुरु गरे बङ्गुर पालन — OSNepal

बागलुङका उपमेयर लीलाले ३२ लाखको लगानीमा सुरु गरे बङ्गुर पालन

LC (KTM) December 09, 2021 0

बागलुङ जिल्लाको जैमीनि नगरपालिकाका उपमेयर लीला रानाको बङ्गुर फर्म । फर्ममा उपमेयरका छोरा मिलन रानाले सघाइराख्नुभएको छ । फर्ममा रु ३२ लाख लगानी गर्नुभएको छ ।

नौ पालिकामा माओवादी अधिवेशन-नेकपा (माओवादी केन्द्र)ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

बाँकी रहेका पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र जनाएको छ । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले यही २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको सङ्गठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर