देउवाको विश्वासपात्र विश्वकर्माले दिए सहमहामन्त्रीमा उम्मेदवारी — OSNepal

देउवाको विश्वासपात्र विश्वकर्माले दिए सहमहामन्त्रीमा उम्मेदवारी

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि सहमहामन्त्रीमा पदमा नेता मीन विश्वकर्माले उम्मेदवारीको घोषणा गरेका छन् ।

आज बिहिबार पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सभापति शेरबहादुर देउवाको विश्वास पात्र विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुन् ।

‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,त्यसैले मैले अहिले तपाईहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ’ उनले भने ।

कांग्रेस जन्मिदैदेखि समावेशितालाई जोड दिएको बताएका उनले समग्र समावेशी समूहकालागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर