घरको आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी भाग्दै गर्दा बिच बाटैमा प्रकाउ परे यी युवक — OSNepal

घरको आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी भाग्दै गर्दा बिच बाटैमा प्रकाउ परे यी युवक

LC (KTM) December 09, 2021 0

झापा २३ मंसिर । मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम पशुपति नगरपालिका-३ बस्ने २५ वर्षीय पासङ तामाङ रहेका छन् ।

उनलाई बुधबार ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका-३ स्थित बुद्ध चोकबाट तामाङले उक्त मोटरसाइकल डोर्‍याई रहेको अवस्थामा मोटरसाइकल सहित पक्राउ गरेको हो ।

निजले लाम रोङ गाउँपालिका-३ कुटिडांडा बस्ने रोहित राईको मे.९ प ५२१० नम्बरको मोटरसाइकल राईले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको अवस्थामा मंगलबार राति चोरी भएको थियो ।

यस विषयलाई प्रहरीले अनुशन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर