आफ्नै सासुको हत्या गर्ने ३५ वर्षीया बुहारी पक्राउ — OSNepal

आफ्नै सासुको हत्या गर्ने ३५ वर्षीया बुहारी पक्राउ

LC (KTM) December 09, 2021 0

महोत्तरी २३ मंसिर । आफ्नै सासुको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटीहानी नगरपालिका(७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वे रहेकी छन् ।

उनले आफ्नै ६० वर्षीया सासु जगतारन देवीको हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवाद हुँदा उत्पन्न भएको झै(झगडामा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको हो ।

घटनाको सुचना थाहा पाउनना साथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले तेत्रीलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धानको घेरा बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर