पेस्तोल देखाई धनमाल लुटपाट गरेको अभियोगमा एक जना पक्राउ, अन्यको खोजी कार्य जारी — OSNepal

पेस्तोल देखाई धनमाल लुटपाट गरेको अभियोगमा एक जना पक्राउ, अन्यको खोजी कार्य जारी

LC (KTM) December 09, 2021 0

धनुषा २३ मंसिर । धनमाल लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवान रहेका छन् ।

निजले गणेशमान चारनथ नगरपालिका-९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

अपरिचित ४र५ जना मानिसहरुले हात-हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटी लगेकोमा भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये पासवानलाई पक्राउ गरेको हो ।

पासवानको साथबाट सानो पेस्तोलमा लाग्ने ३ राउण्ड लोड भएको १ थान म्यागजिन समेत प्रहरीले बरामद गरेको छ ।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर