अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित एक शिखर सम्मेलनमा देउवालाई निम्तो, आजै देउवाले सम्बोधन गर्दै — OSNepal

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित एक शिखर सम्मेलनमा देउवालाई निम्तो, आजै देउवाले सम्बोधन गर्दै

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ९बिहीबार० साँझ अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा सम्बोधन भएका छन् । प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उक्त सम्मेलनको सम्बोधन गर्ने भएका हुन् ।

देउवासहित नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, मुख्यसचिव शंकर दास बैरागी र परराष्ट्र मन्त्रालय एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारी सम्मेलनमा सहभागी हुने बताइएको छ ।

उक्त सम्बोधनमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति नेपालको तर्फबाट प्रतिबद्धता जनाउँदै लोकतन्त्र तथा मानवअधिकार र महिला अधिकारको रक्षाका लागि नेपालले चालेका कदमबारे देउवाले जानकारी गराउने भएका छन् ।

विश्वभरबाट ११० मुलुकले भर्चुअल माध्यममार्फत उक्त सम्मेलनमा सहभागी हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर