चर्चित गायक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ आजबाट प्रसारण हुँदै — OSNepal

चर्चित गायक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ आजबाट प्रसारण हुँदै

LC (KTM) December 09, 2021 0

काठमाडौ । बहुचर्चित गायक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ आजबाट प्रसारणमा आउने भएको छ । यसपटक पनि ‘नेपाल आइडल एपीवान टेलिभिजनबाट प्रसारण हुने भएको छ । शो हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि प्रसारण हुनेछ ।

चौथो सिजनमा निर्णायकहरु भने परिवर्तन भई अहिले यो सिजनमा चर्चित संगीतकार शम्भुजित बास्कोटा, लोकप्रिय पप गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकका रुपमा देखा पर्दैछन् । जसमा आसिफ शाह र रेश्मा घिमिरे होस्टका रुपमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर