जल पर्यटन प्रवद्र्धन गर्दै ठिमुरा रिसोर्ट — OSNepal

जल पर्यटन प्रवद्र्धन गर्दै ठिमुरा रिसोर्ट

LC (KTM) December 09, 2021 0

चितवन, २३ मङ्सिर-जङ्गल सफारीका लागि परिचित चितवनमा जल पर्यटनलाई पनि प्रवद्र्धन गर्न सुरु गरिएको छ । यहाँको ठिमुरा रिसोर्टले त्रिशूली र नारायणी नदीमा प्याकेज निर्माण गरी ¥याफ्टिङ सुरु गरेको हो ।देशको तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने अधिकांश पर्यटकको रोजाइँ चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी पर्ने गर्दछन् । धार्मिक पर्यटक मनकामना, मौलाकालिका, देवघाट क्षेत्रमा रमाउने गर्दछन् । नारायणी, राप्ती र त्रिशूली नदी यसै जिल्ला हुँदै बग्ने भए पनि जलसँग जोडेर पर्यटकीय गतिविधि कमै हुने गरेका थिए ।

पछिल्लो समय नारायणी नदी किनारमा मोटरबोट सञ्चालनमा आएका छन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा त्रिशूली नदीको किनारमा रहेको ठिमुरा रिसोर्टले ¥याफ्टिङ सञ्चालनको अनुमति लिएको समूहसँग सहकार्य गरेर ¥याफ्टिङ प्याकेज सुरु गरेको हो । एउटा ¥याफ्टिङमा आठ जना अट्दछन् । रिसोर्टका सञ्चालक डा. प्रमोद लामिछानेका अनुसार रिसोर्टबाट देवघाटसम्म, रिसोर्टबाट नारायणगढसम्म, रिसोर्टबाट गाँजीपुरसम्म र घुमाउनेदेखि रिसोर्ट हुँदै गाँजीपुरसम्मका लागि प्याकेज बनाइएको छ ।

¥याफ्टिङ कम्पनीले त्रिशूली र नारायणीको गाँजीपुरसम्म अनुमति लिएका पर्यटकको रोजाइँ अनुसार प्याकेज दिन सकिने उहाँको भनाइ छ । एक दिन वा दुई दिन पर्यटकको रोजाइँ अनुसारका प्याकेज समावेश गर्न सकिने छ । बस्न र खानका लागि रिसोर्टमा व्यवस्था हुने उहाँले जानकारी दिनुभयो । ¥याफ्टिङका लागि त्रिशूली नदी परिचित छ । यस नदीको चरौँदीदेखि फिस्लिङसम्मको क्षेत्र झनै रूचाइएको स्थान हो ।

त्रिशूली र कालीगण्डकी देवघाट मिसिएर नारायणी नदी बन्दछ । जल पर्यटनको हिसाबले आकर्षक र ¥याफ्टिङ पारखीको रोजाइँ रहेको यस क्षेत्रमा अब नियमित गतिविधि गर्न लागिएको लामिछानेले जानकारी दिनुभयो । यस क्षेत्रमा ¥याफ्टिङ गराउँदै आएको एडभेन्चर रिभर ट्रेल्सका निर्देशक कमल ठकुरीले त्रिशूली नदी नेपालको नम्बर एक ¥याफ्टिङ नदी भएको बताउनुभयो । नारायणी र त्रिशूली धेरै पर्यटकको रोजाइँमा पर्ने गरेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले यहाँको जल पर्यटनको सम्भावना अति राम्रो रहेको मानिन्छ भन्दै नेपालको भोटेकोशीपछि त्रिशूली र नारायणीको जलाधार ¥याफ्टिङका लागि उपयुक्त भएकाले यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय पर्यटकको रोजाइँ जल र जङ्गलपर्ने गरेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटनका विज्ञहरुले महानगर क्षेत्र हुँदै बग्ने त्रिशूली, नारायणी र राप्ती नदी पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको जनाएसँगै महानगरले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम अघि बढाएको बताउनुभयो । पर्यटन विभागसँग सहकार्य गरेर नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम भइरहेको भन्दै उहाँले नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको बताउनुभयो । यस नदीमा जल पर्यटनको विकासका लागि ¥याफ्टिङ महत्वपूर्ण हुने उहाँको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर