साउन २८ को सर्वोच्चको फैसला नै वर्तमान न्यायालयको विवादको जड हो : ज्ञवाली — OSNepal

साउन २८ को सर्वोच्चको फैसला नै वर्तमान न्यायालयको विवादको जड हो : ज्ञवाली

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी सर्वोच्च अदालतबाट पिडित भएको बताएका छन् । काठमाडौंमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो ज्ञवालीले भने । अदालतभित्रको विवाद न्ययाधीशबीचका दुई गुटको झगडा जस्तो भएको बताएका उनले आफ्नो पार्टी एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा रहेको उनले बताएका छन् ।

न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको उनको दावी रहेको छ । साउन २८ को सर्वोच्चको फैसला नै विवादको जड भएको बताएका उनले एकजना व्यक्ति हटाएर र अर्कोलाई राखेर न्यायलयमा सुधार नहुने ठोकुवा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर