नेता सिंहको प्रश्न - शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ? — OSNepal

नेता सिंहको प्रश्न – शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसका १४ औं महाधिवेशन मुखैमा आउँदा पनि नेतृत्व चयनमा भने सहमति हुन सकेको छैन ।

सस्थापनइतर समुहका नेता प्रकाशमान सिंहलाई सहमति गराउन आज बिहिबार नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य सिंहको निवास चाक्सीबारीमा पुगेका थिए । तर सो भेटमा पनि सिंहले आफुनै सभापतिमा उठ्ने अडान राखेका छन् ।

साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर गएका नेताहरुलाई नेता सिंहले आफु त्यसमा सहमति भएपनि सभापतिको उम्मेदवारबाट पछि नहट्ने संकेत देखाएका छन् ।

आफ्नो नाममा किन सहमति नभएको भन्दै उनले भेटमा भने, ‘रामचन्द्रजीलाई मैले १३ औं महाधिवेशनमै छाडिसकेँ । शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर