शेखरले रामचन्द्रलाई भने -अब प्रकाशमान उठेपनि म पछि हट्दिनँ अगाडि बढेँ, आशीर्वाद दिनुस् — OSNepal

शेखरले रामचन्द्रलाई भने -अब प्रकाशमान उठेपनि म पछि हट्दिनँ अगाडि बढेँ, आशीर्वाद दिनुस्

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवशेनको पुर्व सन्ध्यामा पनि नेतृत्व चयनमा सस्ंथापन इतर पक्षमा सकस भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट प्रकाश मान सिंह र शेखर कोइराला बिच सहमति नभएपछि सकसमा परेको हो । नेता डा। शेखर कोइराला सभापतिको उम्मेदवारीका लागि अगाडि बढेका छन् ।

बिहीवार बिहान जिल्ला र प्रदेशका नेतासँग भएको छलफलमा नेता कोइरालाले भने, ‘अब प्रकाशमान उठेपनि म पछि हट्दिनँ । मलाई तपाईं रामचन्द्र पौडेल र शशांकको समर्थन एवं आशीर्वाद चाहियो छ’ ।

अधिकांश नेताहरुले आफु उठे शेरबहादुर देउवालाई हराउन सकिने भन्दै आएको बताएका उनले सबैजसो जिल्लामा आफ्नो उम्मेदवारीका लागि पृष्ठभूमि तयार पार्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर