माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारीको संख्या — OSNepal

माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारीको संख्या

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । आज बिहिबार बसेको बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरिने भएको हो ।

बैठकले प्रदेश समितिको आकार बढाउँदै प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने भएका छन् ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारी अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर