अर्थतन्त्र नबुझेको भन्ने आलोचकहरुलाई शर्माको जवाफ : ७% को आर्थिक वृद्धि गरेर देखाछु — OSNepal

अर्थतन्त्र नबुझेको भन्ने आलोचकहरुलाई शर्माको जवाफ : ७% को आर्थिक वृद्धि गरेर देखाछु

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले आफुलाई अर्थतन्त्र नबुझेको भन्नेहरुलाई सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गरेर देखाउने बताएका छन् ।

आज बिहिबार एक कार्यक्रम मार्फत अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन् ।

अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको बताएका उनले अर्थतन्त्र चुनौतिरहीत कहिल्यै नहुने बताएका छन् ।

शर्माले भने ‘हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’आफ्नो आलोचना गर्नेहरुलाई गरेर देखाउने चुनौती दिएका शर्माले भनेका छन्,’को जान्ने, को नजान्ने भनिरहेका महाशयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ । ‘

अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन । राजस्व पर्याप्त उठेको शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर