OSNepal बिहिबार, माघ १३ २०७८

थप २१ विश्व कीर्तिमान कायम गर्दै डा. उपाध्यायले आफ्नो नाममा ८० विश्व कीर्तिमान राखे

थप २१ विश्व कीर्तिमान कायम गर्दै डा. उपाध्यायले आफ्नो नाममा ८० विश्व कीर्तिमान राखे

  • OSNepal
  • बिहिबार, मंसिर २३ २०७८


थप २१ विश्व कीर्तिमान कायम गर्दै डा.  उपाध्यायले आफ्नो नाममा ८० विश्व कीर्तिमान राखे
Reading Time: 2 minutes

काठमाडौंं । डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच थप २१ विश्व कीर्तिमान कायम गर्दै उनले आफ्नो नाममा ८० विश्व कीर्तिमान कायम गरेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई २१ रकेड प्रदान गरेका थिए । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गरेका छन् ।

कार्यक्रममा महानिरीक्षक खनालले नेपालीका लागि उपाध्यायको कार्य उदाहरणीय रहेको भन्दै यसको हामीले मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने जिकिर गरे । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठ उपाध्याय व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा भएको धारणा राखे । डा. उपाध्यायले आफूले हरेक कार्यलाई पृथक तरिकाले कार्य गर्ने गरेको र यसले विश्व रेकर्ड कायम गर्दै गएको कार्यक्रममा बताए । देशका लागि आफूले यो सबै गरेको बताएका उपाध्यायले चाडै नै एकसय रेकर्ड पुर्याउने लक्ष्य लिएर आफू अगाडि बढिरहेको बताए । डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड ट्यालेन्ट बुक, एभरेष्ट वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एसियन वल्र्ड रेकर्ड, द व्रिटिस वल्र्ड रेकर्ड जस्ता दश संस्था बाट २१ विधामा एकसाथ रेकर्ड बनाएका हुन् ।

उनले रेकर्ड बनाएको २१ बिधामा संगीतका विभिन्न तालहरू (क्लासिकल बिट) सम्बन्धी गीत, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता, जनावरहरुको नाम समेटिएको गीति कविता, प्रत्येक एक बारमा आधा आधा कड समेटिएको गीत, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीहरूको नाम समेटिएको गीति कविता, विश्व सम्पदाहरूको नाम समेटिएको गीति कविता, विश्व प्रख्यात केकहरूको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरहरूको नाम समावेश गरिएको गीति कविता, प्लेकार्ड साइजमा सय भन्दा बढी आफ्ना गीत प्रिन्टलगायतका रहेका छन् ।

कार्यक्रममा महानिरीक्षक खनाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, सञ्चारकर्मी नरेश भट्टराई, कृष्ण भुसाल, गीता अधिकारी लगायतलाई बुकअफ रकेर्डबाट प्रदान गरिएको सर्टिफिकेट अफ एप्रिसिएसन प्रदान गरिएको थियो । डा. उपाध्याका २५ गीती एल्वम, १२ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड