पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै — OSNepal

पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

LC (KTM) December 10, 2021 0

काठमाडौं, २४ मंसिर- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घाेषणा गर्ने भएका छन् । पछिल्लाे पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसाे साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घाेषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर