भारतीय किसानले गरे एक वर्षदेखिको आन्दोलन अन्त्य भएको घोषणा — OSNepal

भारतीय किसानले गरे एक वर्षदेखिको आन्दोलन अन्त्य भएको घोषणा

LC (KTM) December 10, 2021 0

नयाँ दिल्ली, २४ मंसिर-भारतीय किसानहरुले एक वर्ष लामो आमप्रदर्शन अन्त्य भएको बताएका छन् । सरकारले विवादास्पद कृषिसम्बन्धी कानुन खारेज गरेको एक सातापछि किसानहरुले पनि आन्दोलन अन्त्य भएको घोषणा गरेका हुन् ।

सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा हजारौं किसानहरु राजधानी नयाँ दिल्लीको सीमाक्षेत्रमा विगत एक वर्षदेखि प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनका क्रममा गर्मी, ठन्डी तथा कोभिडका कारण दर्जनौ किसानहरुको मृत्यु भएको थियो । शनिबारदेखि किसानहरु आआफ्ना घरमा फर्किने भएका छन् ।

किसान आन्दोलन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई ठूलो चुनौती साबित भएको थियो । किसानहरुका अन्य समस्या सम्बोधन गर्न र उत्पादित बस्तु तथा सेवाको मुल्य सुनिश्चित गर्न सरकार सहमत भएपछि किसानहरुका विभिन्न संगठनले एक वर्षदेखिको आन्दोलन समाप्त भएको बताएका छन् । आन्दोलनरत किसानहरुमाथि लगाइएको मुद्दा पनि फिर्ता गर्न सरकार सहमत भएको छ ।

‘१५ जनवरीमा एउटा समिक्षा वैठक आयोजना गरेका छौं । प्रतिबद्धता जनाए बमोजिम सरकारले हाम्रा माग पुरा गरेन भने हामी पुनः आन्दोलनमा फर्किनेछौं,’ किसान नेता गुर्नाम सिंह चरुनीले स्थानीय संचार माध्यमलाई भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर