पिरिम नलाउनेका गायक आशिषले चीनबाट पठाए साढे दुई लाखको स्वास्थ्य सामाग्री — OSNepal

पिरिम नलाउनेका गायक आशिषले चीनबाट पठाए साढे दुई लाखको स्वास्थ्य सामाग्री

LC (KTM) May 28, 2021 0

काठमाडौं । नेपालमा कोरोना महामारी तिब्र रुपमा फैलिँदै गइरहेका बेला देश विदेशबाट सहयोग प्राप्त हुने क्रम जारी नै छ । परवारसमा रहेका कलाकर्मीहरुले मातृभूमिको सम्झनामा राहात र सहयोग सामाग्रीहरु पठाउने क्रम जारी नै रहेका बेला चीनबाट गायक आशिष सचिनले साढे दुई लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

हाल आफ्नो ब्यक्तिगत कामको शिलिामा चीनमा रहेका गायक आशिषले आफुले नेपाल पठाएको सामाग्रीको तस्बिर समेत सामाजिक सञ्जाल मार्फत शेयर गर्दै स्टाटस समेत लेखेका छन् । गायक आशिषले सामाजिक संजालमा लेखेका छन् हाल मेरो केही समयको ब्यक्तिगत चीन भ्रमणको दौरानमा थोरै भएपनि एक कलाकार र सचेत नागरिकको स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा सारै खुसी महसुस गरेको छु ।

नेपालमा तिब्र गतिमा फैलिइरहेको सरुवा रोग रोरोनालाई नजिकबाट महसुस गर्न नपाएको भनाइ राख्दै उनले स्वास्थ्य सामाग्री पठाएर थोरै भएपनि दुःखमा साथ दिने कोसिस गरेको उल्लेख गरेका छन् । उनले आफ्नो पोस्टमा ‘के रहेछ र जीवन, मात्र दुई मुठ्ठी श्वास, सानो सहयोग हृदयदेखि’ बोलको शीर्षक राखेर लेखेको स्टाटस निकै मार्मिक लागेको कतिपय उनका फ्यानहरुले कमेन्ट गरेका छन् ।

आशिषले आफ्नो ब्यक्तिगत सहयोगमा २ लाख ५५ हजार ८ सय रुपैया बराबरको स्वास्थ्य सामाग्री नेपाल पठाएको उल्लेख गरेका छन् । अक्सिजन कन्सेन्टरेटर, पिपिइ, ग्लोभ्स, मास्कलगायत राहात सामाग्री पठाएका आशिष चीन र नेपालको हवाई यात्रा खुलेसँगै स्वदेश आउने बताए । उनका पिरिम नलाउने, गलबन्दी पछ्यौरी, पानी बादलु, एक्कान दुईकान मैदान बोलका गीतका भिडियोहरु बजारमा आइसकेका छन् । जसले राम्रो लोकप्रियता पनि कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर