कोरनाको बेला ५००० केजी चामल नगरपालिकाले खाल्डो खनेर गाडेपछि नगरबासी आक्रोशित,किन गाडियो चामल ? (भिडियो सहित) — OSNepal

कोरनाको बेला ५००० केजी चामल नगरपालिकाले खाल्डो खनेर गाडेपछि नगरबासी आक्रोशित,किन गाडियो चामल ? (भिडियो सहित)

LC (KTM) May 29, 2021 0

झापा, गौरादह नागरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगरपरिसरमा खाल्डो खनेर गाडेको छ । ठूलो परिमाणमा खाद्यान्न गाडेको थाहा पाउना साथ सोमबार बेलुकै स्थानीयहरु उक्त स्थानमा पुगेका थिए ।गतबर्ष कोरोना बिपत्तिको समयमा दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने बिपन्न तथा निमुखा बर्गलाई राहत बितरण गर्न भनी नगरको बिपद् व्यवस्थापन कोषको रकम खर्च गरी नगरपालिकाले चामल, दाल, नुन, तेल खरिद गरेको थियो । बिग्रिएर अखाद्य बनेको चामल, दाल र भुजामध्ये करिब २ हजार केजी चामल लगायत दाल केही हप्ता अघि कोरोना बिपत्तिको दोस्रो लहरमा राहत स्वरुप स्थानीय गरीब तथा बिपन्नबर्गलाई नगरपालिकाले बितरण गरेको थियो ।

अखाद्य बनिसकेको खाद्यान्न गरीब तथा निमुखा बर्गलाई बितरण गरेपछि नगरको उक्त गलत कार्यको नागरिकस्तरबाट व्यापक बिरोध भएको थियो । गरीब तथा निमुखा बर्गको स्वास्थ्यमाथि नगरपालिकाले गम्भीर खेलबाड गरेको भनी नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पश्चात् सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी आएपछि बिबादित गौरादहले पुनः सोमबार बाँकी रहेको ३ हजार केजी चामल, दाल तथा भुजा लगायतका खाद्यान्नहरु नगरपरिसरमा ल्याएर खाल्डो खनी गाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर